अध्यक्ष बानियाँको पहलमा बिद्यार्थीहरुलाई ट्रयाकसुट

समाचार
खवर पाटी (खोज खबरको अभियान)
 हेटांैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माविलाई प्रा.डा. गोपालरमण शर्माले स्कुलमा अध्यायनरत सबै बिद्यार्थीलाई ट्रयाक सुट उपलब्ध गराएका छन् । विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँका अनुसार वरिष्ठ न्यूरो सर्जन शर्माले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् । बानियाँले आफूहरुको आग्रहमा उनले ती सामाग्री उपलब्ध गराएको बताए । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी र विद्यालयको समग्र विकासको लागि आगामी दिनमा पनि आफूले सहयोग गर्ने प्रा. डा. शर्माले बताए । शर्माको योगदानको प्रशंसा गर्दै विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकले उनलाई सम्मान गरेका थिए । शर्माले सहयोग गरेको फोटो विद्यालयको कार्यालयमा राख्ने ब्यवस्थापना समितिका अध्यक्ष बानियाँले बताए । बानियाँले आफू अध्यक्ष भएर आएपछि विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको जनाएका छन् । मकवानपुर काँग्रेसका युवा नेता तथा समाजसेवि बानियाँले भने ‘शिक्षा क्षेत्रमा आफ्नो पक्षबाट केही सुधार गर्नुपर्छ भनेर म अध्यक्ष भएको हुँ, लक्ष्यअनुसार अघि बढिरहेको छु ।’
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *