संसद बन्द गरेर सरकार सहकारी पीडितको विपक्षमा उभियो : देउवा

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेर सरकार सहकारी पीडितको विपक्षमा उभिएको बताएका छन् । आइतबार बिहान नयाँ बानेश्वरमास्थित ल्होत्से हलमा बसेको दलको बैठकमा देउवाले संसद अधिवेशन अन्त्य गर्नुले सरकार सहकारी पीडितको पक्षमा नरहेको प्रस्ट भएको बताए ।

‘संसद् अधिवेशन अन्त्य गरेर सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ,’ उनको भनाइ थियो ।  सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरूलाई निर्देशन दिए ।
सरकारले आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । कांग्रेसले उठाएका जनताका सवालबाट सरकार भाग्न अधिवेशन अन्त्य गर्ने बाटोमा लागेको उनको आरोप थियो ।

‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो। यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद नै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले भने।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *