२३९ जनामा एकैदिन कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये पाल्पाका २, नवलपरासीका १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

Facebook Comments Box