नेपालमा सलह कीरा आउने सम्भावना एकदमै न्यून

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउने सक्ने सम्भावना अत्यन्त न्यून भएको हो । सलहकीरा सुक्खा वातावरण भएको मरुभूमिमा बस्ने रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमनसुन) सुरु हुने क्रम भएकाले नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समितिका संयोजक, तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए ।

गतसाता अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतको राजस्थान र दिल्लीसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेपछि मन्त्रालयले हुमागाईंको संयोजकत्वमा पाँच सदस्य प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समिति गठन गरेको थियो । संयोजक हुमागाईंले सो अध्ययन अन्तिम चरण पुगेको बताए । उनले दुईदिनभित्र मन्त्रालयलाई सो अध्ययन प्रतिवेदन बुझाउने तयारी भएको बताए ।

हुमागाईंले भने, ‘सलहकीरा नेपालमा आउँदा कसरी रोकथाम तथा नियन्त्रण गर्ने भनेर संयुक्त राष्ट्रसंघ खाद्य एवं कृषि संगठन (यूएनएफएओ)को समन्वयमा अध्ययन गर्दा नेपालमा सलह कीरा आउने सम्भावना एकदमै न्यून भएको पाइएको छ ।’ पछिल्लो समय हावाको चाप वा आँधी नेपालमा पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वतर्फ हावा बहन्छ,’ उनले भने, ‘राजस्थानबाट नेपालमा आउन दक्षिणदेखि उत्तरतर्फ हावाको बहाव हुनुपर्छ । यो सम्भावना कम छ ।’ संयुक्त राष्ट्रसंघ खाद्य एवं कृषि संगठनको भनाइ अनुसार पनि सलह कीरा नेपाल आउने सम्भावना धेरै कम छ ।

त्यसैले नेपालीहरू सलह कीरा आउँछ किन भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन । यसवर्षको कुरा गर्दा नेपालमा सलह कीरा आउने समय टरेको छ । अर्काे वर्ष के हुन्छ भन्न सकिने अवस्था छैन । उनले भने, ‘सलहकीरालाई लिएर अहिले सामाजिक सञ्जालन धेरै समाचार अफवाह फैलाउने गरी आइरहेका छन् । तर,नेपालीहरूले डराउनुपर्दैन ।’ सलह कीरा मरुभूमिमा बस्न रुचाउने कीरा हो ।

राजस्थानबाट सलह कीरा नेपाल आउन दक्षिणदेखि उत्तरतर्फ हावाको बहाव हुनुपर्नेमा अहिले त्यो सम्भावना कम छ भने संयुक्त राष्ट्रसंघ खाद्य एवं कृषि संगठनले पनि त्यस्तो कीरा नेपाल आउने सम्भावना कम रहेको बताएको छ

सलहकीरा बस्न सक्ने अहिले नेपालमा वातावरण र हावापानी नै मिल्दैन । यहाँ वर्षाया सुरु भइसकेको छ । हावाको बेगमा केहीकीरा आइहाले पनि यसलाई नियन्त्रण गर्ने तयारी गरी रहेका छौं । हामीसँग पर्याप्त विषादी समेत स्टक छ । राम्रोसँग अध्ययन नगरेर हामीले विषादी ल्याउन कम पनि गर्दैनौं । उनले भने, नेपालमा यसअघि पनि यस्तै केही समस्या आउँदा आवश्यकभन्दा बढी नै विषादी ल्याएर डम्प गर्नुपरेको छ । त्यसकारण यो कीराको राम्रो अध्ययन अनुसन्धान गरेर मात्र आवश्यकअनुसार मात्र विषादी ल्याउने हो, । ‘सलहकीराले बालुमा अन्डा पर्ने भएकाले नेपालमा केही संख्यमा आएपनि अन्य कीराको विकास गर्न सक्दैन ।

अफ्रिका र भारतको राजस्थानमा जसरी लाखौंको संख्या सलह कीरा आउने सम्भावना अत्यन्तै न्यून केन्द्रमा प्रखुम हुमागाईको भनाइ छ । नेपालमा सलह कीरा आउने सम्भावना एकदमै न्यून नभएकाले नडराएर डुक्क हुनसमेत उनले आग्रह गरे ।

उनले भने, ‘ठूलो समूहबाट टुक्रा भएर आउने सम्भावना हुनसक्छ तर सम्भावना न्यून छ । आउँदैन आउँदै भन्न सकिन्न तर केही टुक्रा भएर आइहाले भने नियन्त्रणका लागि तयारी गरी रहेका छांै ।’ केन्द्रमा प्रमुख हुमागाईका अनुसार सलह कीरा आउँदा ठूलो संख्या आउने गर्छ । करिब ५ करोडदेखि १० करोडभन्दा बढी संख्या आउँछ । सो कीरा बसेको ठाउँको बसै हरियो वनस्पतिलाई नष्ट गरी दिन्छ । केही दिनअघि राजिस्थानमा एकपटक ५ लाख हेक्टर जमिनमा भएको सबै वनस्पति नष्ट गरेको उनले बताए ।

हुमागाईका अनुसार सलह फट्यांग्र्राको प्रजातिको एक फौजी कीरा हो । यस कीराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउने भएकाले यसलाई सत्रुजीव मानिन्छ । सलहकीरा अफ्रिकामा सन् २००३ मा प्रकोपकारूपमा उत्पत्ति भएको भए पनि पछिल्लो समय अन्टार्टिकाबाहेक सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ। सलहको जीवनचक्र ३ देखि ६ महिना अवधिको हुन्छ ।

ठूलो समूहमा बस्ने यो कीरा एक दिनमा १ सयदेखि २ सय किलोमिटरसम्म दूरी पार गर्छ । एकपटकमा एउटा पोथीसलहले ३ सयसम्म अन्डा पार्छ भने १० देखि २० दिनमा अन्डा फुटेर नयाँ सलह जन्मन्छ । शिशु सलह ४ देखि ५ हप्तामा वयस्क बन्छ । यो प्रजातिको कीराले एक दिनमा आफ्नो वजनभन्दा धेरै खाना खान्छ ।अहिले पाकिस्तान हँुदै भारतसम्म आइपुगेको सलह कीराको फौज २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायःद्वीप पेनिनसुलामा उत्पत्ति भएको मानिन्छ । मध्यपूर्वी देश हुँदै दक्षिण एसियामा समेत भित्रिसकेको यो कीराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।   कौशिला कुँवर/राजधानी

Facebook Comments Box