बाबुराम भट्टराई कामी लाई के को सनक चढेको ?

खवर पाटी (खोज खबरको अभियान)

पश्चिम रुकुम नरंहार हेरेर कोहि गजव भयो भन्दै उत्सव मनाउदै औकात भन्दा माथी उठ्न खोज्ने छुद्रहरुको यस्तै हाल बनाउनु पर्छ। पनि भनी रहेका छ्न। जताततै शोक मनाउने हरु पनि छ्न। नमराज र उनका साथीहरू जस्तै आफ्नो छोरा इष्टमित्र सम्झिदै यस्तो किन गरेका होलान रुकुमको त्यो ठाउको गाउले र मान्छे त जनावर र पशुको दर्जामा बस्न लायक पनि रहेन्छ्न भन्ने टिकाटिप्पणीहरु पनि आइरहेको छ। संसदमा अनि यस बिषयमा धेरैले आवाज उठाए।

धेरैले कुरा बटारेर ज्यान बचाउने क्रममा आफै मरेको हो। भनेर दलित निमुखा समुदायमा घटेको यो घटना मथ्थर बनाउन लागि परेका छ्न। पुरै गाउलाइ एक ठिक्का बनाएर जातिय विभेदले निम्त्याएको हैन भन्ने पार्न रात दिन हरेक शक्ती लागेर गाउँ पुरैलाइ प्रशिक्षण दिइरहेको जस्तो बुझिन्छ। केही नेतागणहरुले संसदमै चर्को भाषणमा बिरोध र दोषीलाई हदै सम्मको काम कारबाही हुनुपर्ने जोडदार माग गरिरहेका छ्न। शिर्ष नेतृत्व मध्य सेतै फुलेको बाबुराम दलित माथिको बिभेदकारी दमन विरुद्ध कालो ब्यानर र रुकुम घटना दलित माथिको बर्बरता र अन्याय हो भन्दै। चर्को स्वरमा सदन घन्काए सडकमा निस्किए दलितको सवालमा मात्रै हैन हरेक समसामयिक घटनामा बाबुराम निस्किएकै हुन्छ्न। उच्च अहोदामा पुगि मंत्री र प्रधानमन्त्री बनी सकेको मान्छे तुच्छ, गरिव र थिचोमिचोमा परेको साधारण जनताको पक्षमा सर्बत्र देखिनु नैतिक मर्यादामा स्वभनीय हुदैन थियो होला।

अन्तर्जातिय प्रेमले निम्त्याएको तनहुँका संगिता परियार, दैलेखका सेते दमाई, संतरीको शिवशंकर दास, झापाका अस्मिता सार्की, काभ्रेका अजित मिजार, रुकुमका टिकाराम नेपाली र रुकुमकै नमराज बिक लगाएत छ जनाको हत्या घटना र बलात्कार गरेर हत्या गरिएका जुमा बिक ताप्लेजुङ, श्रेया सुनार कास्की,रुपमती कुमारी दास मोरङ, रेश्मा रसाइली धनुषा, माया बिक कैलाली र अंगिरा पासी रुपन्देही घटना र दलित भएर कुटिदा हत्या कालिकोटको मना सार्कि, काभ्रे बोक्सीको आरोपमा हत्या लक्ष्मी परियार कालिकोट मन बिरे सुनार र पर्वतका राजेश नेपालीलाई गरिएको छुवाछूत घट्ना एक प्रतिनिधि घटना मात्रै हुन यस्ता हजारौ घटना टोलटोलमा गाउँगाउँमा र ठाउँठाउँमा दिनहु घटिरहेको छ।

हजारौं दलितले ब्यबस्था सुधार्न बन्दुक बोकेको इतिहासलाई नकार्न नसकिने बताउदै यो समाजको पाखन्डिपन र ब्राह्मणवादको सोच कहिल्यै नबदलिएको र नबदलिने भएकोले सतीप्रथाकै दोस्रो रुप यो जातिय प्रथा हटाउन उच्च जात भनौदाहरु सबैले आफ्नो आफ्नो पहिचानमा दलितको अलिकती जोडेर सबै जाती समुदाय एउटै जात दलित भएर हेरौ भन्दा खिल्ली नउडाइ के गर्ने, अपराधीक मानसिकता बाट गुज्रिएको सममाजलाइ सत्यको बाटो देखाउनु फलामको चिउरा चपाउनु हो। फलामको चिउरा चपाउन खोज्ने कि बहादुर हुन पर्छ कि पागल हुन पर्छ।

हामी आफै भनौ बाबुराम के हुन एक जनाले गर्न खोजेर हुदैन उस्को बिरुद्धमा दुई वा दुई भन्दा बढि लागे पछि कोस्को के नै लाग्छ र छ। आज हामीले गौतम बुद्ध जस्लाइ हामी भगवान मानी रहेका छौ। उनले दरवारको सारा सुख सयल छोडेर हिड्दा पागल भनिएको थियो। हो बाबुराम को छ्नक पनि त्यस्तै हो।

Facebook Comments Box