कन्हैया सिंहको ‘भन्दै होलान’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । गायक कन्हैया सिंह परियारको स्वरमा ‘भन्दै होलान’ गीतको भिडियो सार्वजनिक भएको छ । केही समय देखी अमेरिकामा बसोबार गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छ भने उनका दर्जनौ सिर्जनाहरु स्रोता, दर्शकले रुचाएका छन् । प्रदेशीय पछि गाउँ विर्सियो भन्दै होलान भन्दै प्रदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार चर्चित संचारकर्मी, एवं गीतकार सुमन बैरागी पण्डित हुन् भने किर्तिमानी संगीतकार सन्तोष क्षेष्ठले संगीत भरेका छन्ु । चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइर्, नायिका कञ्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो कन्हैया सिहं परियारको युटुव च्यानवबाट सार्वजनिक गरिएको छ । निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियोलाई काठमाण्डौ र ललितपुरका भिन्निन स्थानहरुमा छायाँकन गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *