आजदेखि आचारसंहिता फुकुवा, समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्ने तयारी गरेको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आयोगले आज निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर  आयोगमा बुझाएका थिए ।

 

त्यस्तै आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ । 

आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

यस्तै आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो ।

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *