विश्वकप फुटबलमा आज क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *