समाजवादी ट्रेड युनियन महासंघको निर्णय: भेला, प्रशिक्षण देखि रक्तदान कार्यक्रमसम्म

समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारी समितिको बैठकले प्रदेशस्तरीय भेला, समितिहरु गठन÷पुनर्गठनदेखि रक्तदान कार्यक्रमसम्मका कार्यक्रम गर्ने भएको छ । महासंघको बैठकले गरेका विभिन्न ६ वटा निर्णयहरु प्रकार छन् ।
१. माघ मसान्तसम्म सातै प्रदेश प्रदेश स्तरीय भेला, समिति गठन÷पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमगर्ने ।
२. बैठकबाट महासंघ अन्तरगतका घटक संगठनहरु गठन/पुनर्गठनका लागि महासंघका अध्यक्ष अर्जुन लम्साल संयोजक रहेको ३ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरुमा उपाध्यक्ष सुरेश मोक्तान र महासचिव दयाराम राई रहेका छन् ।
३. बैठकले महासंघको कार्यालय व्यवस्थापनका लागि अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्षद्वय सोनाम लामा र सुरेश मोक्तान, महासचिव दयाराम राई र कोषाध्यक्ष चन्द्र लम्साललाई जिम्मेवारी दिएको छ ।
४. महासंघको आगामी बैठकबाट समाजवादी ट्रेड युनियन महासंघ संयन्त्र गठन गर्ने निर्णय भएको छ ।
५. महासंघको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजनको जिम्मेवारी सुरेश मोक्तानलाई दिएको छ ।
६. महासंघका पूर्व अध्यक्षद्वय जोगीलाल यादव र प्रचण्ड पौडेललाई महासंघको संरक्षक बनाउने निर्णय गरिएको छ ।
बैठकमा जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य एवम् महासंघ संयन्त्र प्रमुख रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यता रहेको पार्टीकी केन्द्रीय सदस्य एवम् महासंघकी उपाध्यक्ष सोनाम लामाले बताएकी छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *