काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ। बिहान १०ः५५ मा सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले करिब डेढ घण्टा वेटिङ गरेपछि बैठक सुरु भएको हो।
जबरासँग खुला बयान लिने की बन्द भन्ने विषयमा समितिका सदस्यहरुबीच छलफलका कारण डेढ घण्टा ढिलो गरी बैठक सुरु भएको हो। समितिले जबरासँग ४३ वटा प्रश्नको लिखित र मौखिक जवाफ माग्नसक्ने बताइएको छ। उनीविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसियसन, पूर्वन्यायाधीश फोरम, कानुन व्यवसायीहरूका संगठन र व्यक्तिगतरूपमा प्रमाण आएका बताइएको छ।
Facebook Comments Box