नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ : मेयर बालेन

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् मंगलवार काठमाडौँमा नेपाल संवत्‌ ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाले पहिल्यैबाट नेपाल संवत्‌को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

‘नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौँ महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यु पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’ उनले भने । मेयस साहले काठमाडौँ महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत्‌ प्रयोग गरिरहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *