काठमाडौं । विभिन्न व्यक्तिको नाममा रहेको सामाजिक सञ्जालमा प्रहरीका एसएसपीको अडियो सार्वजनिक भएको छ । अडियोमा एसएसपी बेलबहादुर पाण्डेले एक कारोवारीसँग कुरा गरिएको अडियो राखिएको छ । उक्त अडियो सार्वजनिक भएपछि एसएसपी पाण्डेले आफू विरुद्ध षडयन्त्र भएको प्रतिकृया दिएका छन् । पुरानो अडियो राखेर खाद्यान्न कारोवारीसँग सम्बन्ध रहेको भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै आपित्त आपत्ति जनाएका छन् । आफूलाई हुण्डी कारोबारी भनिएका राज साहसँग वर्षौ अघिको कुराकानीको पुरानो अडियो सामाजिक संजालमा जबरजस्ती भाइरल बनाउन खोजिएर चलखेल गरेको भन्दै गलत भएको जनाएका हुन् । उनले व्यवहारिक सम्बन्धलाई दुरूपयोग गरि चरित्रहत्या गर्ने काम भएको प्रतिक्रिया दिएका छन् । विभिन्न व्यक्ति र स्वार्थ समूहको षडयन्त्रमा एसएसपी पाण्डे विरुद्ध हुण्डी कारोवारी लागेको स्रोतले जनाएको छ । सर्लाही निवासी राम दरेश साह उर्फ राज साहको मुख्य कारोबार खाद्यान्नको भएको उनका दौंतरी अजित साहले बताएका छन ्। राजु होजियारीमा पनि उनी साझेदार रहेको अजितले बताउँदै हुण्डीको कारोबारको कुरा त परै जाओस् आजसम्म राजलाई कुनै सार्वजनिक वा फौजदारी अभियोग लागेको छैन । अहिले चर्चामा आएर बदनाम गराउन खोजिएको अडियो प्रहरीले नै बाहिर ल्याएको हुन सक्ने आशंका अजितले आशंका गरिएको छ । पाण्डे पर्सा प्रहरी प्रमुख हुँदा हुण्डी कारोबारीहरूलाई तह लगाउन गहन भूमिका खेलेका थिए । तिनै पाण्डेलाई हुण्डी कारोवारीसँग जोडेर उनको चरित्र हत्या गर्नु साह्रै दुःखद रहेको जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले बताउनु भयो । कोभीड एक्शन टीमको अगुवाको रुपमा उहाँसँग निकै सहकार्य भएको थियो ।” अहमद स्मरण गर्छन् “अपराध न्यूनिकरणमा संवेदनशील रहेका एसएसपी पाण्डेलाई वीरगंजमैं बस्दा हुण्डी कारोवारीलाई प्रश्रय दिएर नाजायज रकम असुलेको वा कारोबारीलाई संरक्षण दिएको भन्ने कुरामा विश्वास गर्न सकिन्न।”
Facebook Comments Box