वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाल सरकारको मुख्यसचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

असोजमा कार्यकाल सकिन लागेका मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको  हो । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको छ । २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउन लागेका अर्याल हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *