सनत गिरीका गीत

कला/साहित्य
खवर पाटी (खोज खबरको अभियान)

गीत

दुईटा मुटु एउटा भाको बल्ल तिम्लाई थाहा भयो ।
मैले कति माया गर्छु बल्ल तिम्लाई थाह भयो ।
तिमी मेरो ढुक्ढुकी हौ, तिम्रो मात्र माया,
तिमी बाँच्ने आधार हौ, तिम्रै देख्छु छाँया ।
तिम्रो मात्र विश्वासमा म बाँची रैछु,
तिम्रै त्यो मुहार सम्झेर हाँसि रैछु
मेरो वाचा कस्तो रैछ बल्ल तिमलाई याद भयो,
मैले कति माया गर्छु बल्ल तिम्लाई थाह भयो ।
कतै टाढा हिड्नु परे तिम्लाई सोधि हिंड्थे,
तिमीलाई गाह्रो पर्दा दुःखी हुन्थें ।
तिमीले जति माया दियौ त्यो भन्दा मेरो धेरै,
तिमीलाई पीडा हुँदा त्यो पीडा सबै मेरै ।
मेरो चिठी कस्तो रैछ, बल्ल तिम्लाई थाहा भयो,
मैले कति माया गर्छु बल्ल तिम्लाई थाहा भयो ।
सनत गिरी गाउँले
चन्द्रागिरि नगरपालिका १, दहचोक
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *