प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, २५ फागुन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छीले प्रचण्डलाई खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषयलगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको जनाईएको छ। पछिल्लो समय नेपालको संसद्ले एमसीसी पारित गरेको छ। एमसीसी पारित गर्नुपुर्व नै चीनले आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

Facebook Comments Box