रुसी पेट्रोलियम पदार्थमाथि अमेरिका, बेलायत र युराेपेली सङ्घकाे प्रतिबन्ध

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, फागुन २५ गते । अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएका छन् ।

रुसले युक्रेनमाथि भीषण आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप नाकाबन्दी लगाइएको हो ।

युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यास र पेट्रोलको आयातमा प्रतिबन्ध लगाइसक्नुभएको छ ।

बेलायतले भने अङ्ग्रेजी क्यालेण्डर अनुसार डिसेम्बरसम्म रुसी पेट्रोलियम पदार्थ आयातमा कमी गर्ने दाबी गरेको छ ।

युरोपेली सङ्घले भने यही वर्षमा दुईतिहाइ रुसी पेट्रोलियम पदार्थ आयातमा कमी गर्ने उद्घोष गरेको छ ।

यसैबीच, बहुराष्ट्रिय कम्पनीहरु कोकाकोला, स्टारबक्स र म्याक्डोनोल्ड्सले रुसमा आफ्नो सेवा बन्द गरेको अलजजिराले उल्लेख गरेकाे छ ।

Source गोरखापत्र

Facebook Comments Box