कृष्ण पहाडीसहित १६ जना मानव अधिकारवादीहरू पक्राउ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- कृष्ण पहाडी लगायत मानव अधिकारकर्मीहरू पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित १६ जना अधिकारकर्मीहरू पक्राउ परेका हुन् ।

समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर भन्ने आह्वानसहित प्रदर्शन गरेको थियो ।

 

त्यस्तै चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकारमैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ । प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइँदैन : मधेशमारा नीति चाहिँदैन, शीर्ष नेताहरूको सम्पत्ति छानबिन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन ? लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, उत्तम पुडासैनी, चन्द्रमणी बञ्जारा लगायत १६ जना अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *