नासाको चन्द्रमा यात्रा दोस्रोपटक रोकियो, रकेट इन्जिनमा समस्या

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा नयाँ अन्तरिक्षयान पठाउने योजनामा थप ढिलाइ हुने देखिएको छ। नासाले चन्द्रमामा पठाउने तयारी गरेको अन्तरिक्षयान अर्टमिस आई मून रकेटको प्रक्षपण दोस्रोपटक रोकेको छ।

स्पेस लञ्ज सिस्टम (एसएलएस) साधन उठाउन नियन्त्रकहरूले शनिबार प्रयास गरे तर सफल हुन सकेनन्। इन्धन चुहावट हुँदा शनिबार अन्तरिक्षयान चन्द्रमामा पठाउने योजना स्थगन गर्नु परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

इन्जिनियरहरुले रकेटको अनुगमन गर्ने तयारी गरेका छन्। उनीहरू रकेटको बहुपक्षीय मूल्यांकन गर्न चाहन्छन्। यो प्रक्रियाका लागि केही हप्ता लाग्ने हुँदा नासाको चन्द्रमा योजना केही समयका लागि रोकिने भएको हो। यसको अर्थ अक्टोबर मध्यअघि अन्तरिक्षयान प्रक्षपणको तेस्रो प्रयास हुने छैन।

एसएलएस नासाले बनाएको अहिलेसम्मकै शक्तिशाली करेट हो। यसमार्फत अन्तरिक्षयात्री र उनीहरूका सामग्री चन्द्रमामा लैजाने योजना छ। ५० वर्षपछि अमेरिकाले यस्तो प्रयास गरिरहेको हो।

नासाले यसअघि गएको सोमबार रकेट प्रक्षपण गर्न प्रयास गरेको थियो। रकेटका चार प्रमुख इन्जिनको तापक्रम सही रहेकोमा इन्जिनियरहरू पक्का हुन नसकेपछि सोमबार प्रक्षपण स्थगन गरिएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *