छैटौ रेफ्री सेमिनार,कोच एक्रिडेसन तथा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा”

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघको आयोजना एवम मधेस प्रदेशको संयोजन तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा छैटौ राष्ट्रिय रेफ्री सेमिनार,कोच एक्रिडिटेसन तथा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता-२०८० को सम्पुर्ण तयारी पुरा भएको छ ।

यही फागुन १४ गते सोमवार देखि शुरु हुने पहिलो कार्यक्रम अन्तर्गत छैटौ राष्ट्रिय रेफ्री सेमनारको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङगले उदघाटन गर्ने कार्यक्रम रहेको नेपाल कराते महासंघका महासचिव दावा गुरुङगले वताउनुभयो । रेफ्री सेमिनार संगै प्रशिक्षकहरुको एक्रिडिटेसन कार्यक्रम फागुन १६ मा शुरु हुनेछ भने रेफ्रि रिन्यु तथा रिफ्रेशर कोर्ष फागुन १६ गते सन्चालन हुदै,फागुन १७ गते प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता-२०८० को शुभारम्भ हुनेछ ।

बिभिन्न ७ प्रदेश,३ बिभागिय टोली सहित सहभागिता हुने उक्त राष्ट्रिय कराते प्रतियोगिताको संघिय श्रम,रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरत सिंह भण्डारीले उदघाटन गर्नेछ । त्यसैगरि कार्यक्रमको समापन बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले एक बिशेष कार्यक्रम विच गर्ने नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले वताउनुभयो । यस कार्यक्रम अवधिभर करिव २ हजार ५ सय करातेकर्मी सहभागी हुने यो कार्यक्रम मधेस प्रदेशमा आजसम्म सन्चालन भएका कार्यक्रमहरु मध्ये बिशेष कार्यक्रम भएको महासंघका अध्यक्ष लामाले वताउनुभयो ।

त्यसैगरि यसै कार्यक्रम अन्तर्गत नेपाल सितोरयो कराते संघको बार्षिक कार्यक्रम अन्तर्गत छुट -पुट दिक्षान्त कार्यक्रम पनि फागुन १५ देखि १७ सम्म रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए । स्मरण रहोस,भर्खरै मित्र राष्ट्र चीनको हाङझाउ शहरमा सम्पन्न भएको १९ ओै एशियन गेम्समा करातेकी एरिका गुरुङ्गले राष्ट्रलाई एकमात्र रजत पदक दिलाएकी थिईन ।

गतवर्ष अर्थात २०७९ चैत्र ११ गते भरतपुर चितवनमा सम्पन्न भएको नेपाल कराते महासंघको ऐतिहाशिक साधारण सभा तथा निर्वाचन पछि निर्वाचित अध्यक्ष युवराज लामाको नेतृत्व पश्चात,करातेले निरन्तर रुपमा बिशेष कार्यक्रमगरि यस खेलको उचाई दिनानुदिन बढाईरहेको जानकारहरु वताउछन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *