काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ७२ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको योगदान गरे । करण केसीले २६ रन तथा आरिफ शेखले २२ रन जोडे । आशिफ शेख १७ रन तथा कप्तान रोहित पौडेल १६ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३ तथा भिभियन किंग्माले ३ विकेट हात पारे । रोएलोफ भानले १ र बास डी लिडेले २ विकेट लिए ।
Facebook Comments Box