सर्वोच्च अदालतद्वारा तोसिमाको उम्मेदवारी कायम राख्न आदेश

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमा सोमबार सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न नमिल्ने निष्कर्ष निकालेको छ । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भन्दै त्यसलाई लाभको पदको परिभाषाभित्र राखेर आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेज नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । त्यस अन्तरिम आदेशविरुद्ध आयोगले दिएको निवेदनउपर सुनुवाइ गर्दै अदालतले तोसिमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

‘निवेदिका नियमित रुपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभइ मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ताजस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो’, आदेशमा भनिएको छ, ‘यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१)(ङ) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ङ) को प्रयोजनका लागि लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने देखिएन ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *