रवि लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध आज अदालतमा रिट परेको हो।

सो निर्णयविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् ।  रिट दर्ता हुने प्रक्रियामा छ । आज दर्ता भएकाे रिटको सुनुवाई भोलि हुने सर्वाेच्च स्रोतले जनाएको छ ।
युवराजले हिजो लयाएको रिटलाई सच्याएर आज फेरि दर्ता गर्न ल्याएका हुन् ।

 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। चैत ६ गते भएको सो निर्णयविरुद्ध रिट दायर परेको हो ।
लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *