कराते महासंघको बिरुद्ध,मल्ल सहित ४ जनाले दिएको रिट उच्च अदालत पाटन द्धारा खारेज

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघमा स्वयम आफै केन्द्रिय सदस्य रहेको तर आफु अनुकुल नरहने भएपछि महासंघ विरुद्ध करातेका ध्रुब बिक्रम मल्लले हालेको रिटमा सम्मानित पाटन उच्च अदालतले रिट खारेज गरेको छ । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद बिचको बिवाद तथा राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटि बिच बिवादको फाइदा लामो समय देखि लिदै आएका मल्ल सहितका केही कराते टोली यस पटक भने फाइदा लिन बाट नराम्रो संग चुकेको एक कराते पदाधिकारीले बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ र नेपाल कराते महासंघ बिरुद्ध ध्रुब बिक्रम मल्ल सहित ४ जनाले दिएको रिट खारेज भए संगै अब नेपाली खेल क्षेत्रको सफल कराते खेलमा धमिलो पानीमा माछा मार्ने प्रवृतीको अन्त्य भएको करातेकर्मीहरु बताउछन । यस अघि मल्ल सहित ४ जना मध्ये २ जना अर्थात रामकृष्ण तामाङग र बिदुर कुँवरले आफुहरुलाई पुर्ण जानकारी नगराई षडयन्त्रपुर्ण तवरले उक्त मुद्दामा आफुहरुको नाम संलग्न गराएको भन्दै कराते महासंघमा क्षमा याचना सहित मुद्दा फिर्ता लिएका थिए भने बाकी ध्रुव बिक्रम मल्ल र रेशम लाल लामा मात्र मुद्दामा सम्मिलित थिए । आज अधिबक्ता तारा प्रसाद सिटौलाले नेपाल कराते महासंघको पक्षमा बहस पैरवी गर्नु भएको थियो। अदालतको यो निर्णय पछि अव कराते आफ्नै गतिमा अघि बढ्ने र मित्र राष्ट्र चिनको हाङझाउमा आगामी सेप्टेम्वर २३ देखि सन्चालन हुन गईरहेको १९ ओै एशियन गेम्स तयारीका लागि तिव्र गतिमा लाग्ने नेपाल कराते महासंका अध्यक्ष युवराज लामाले बताउनुभयो । एशियन गेम्सका लागि यही जेठ १६ र १७ गते ८ खेलाडी छनौट गरिसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *