देशभर डेंगु बिरामीको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर डेंगु बिरामीको संख्या २५ हजार नाघेको छ । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *