च्यालेन्ज फर चेन्जको एक दिने कार्यशाला गोष्ठि सम्पन्न, विद्यार्थीका लागि नैतिक शिक्षामा जोड

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शिक्षाको मुल उद्देश्य नैतिकवान, गुणी र समयानुकुल क्षमताअभिवृद्धि गर्नु हो । व्यवहारिक र नैतिक शिक्षाको अभावमा नेपाली शिक्षा प्रणाली अव्यवहारिक र परनिर्भरता र पलायनवादी भएकोमा त्यसलाई रुपान्तरणको दिशामा अग्रसर गराउन शिक्षकहरुको भमिका महत्वपूर्ण हुने एक छलफल कार्यक्रममा औंल्याइएको छ । काठमाडौंमा शनिवार च्यालेन्ज फर चेन्ज नामक संस्थाले आयोजना गरेको ‘शिक्षाको उद्देश्य नैतिक तथा नव प्रवर्तक नेतृत्व विकास’ विषयक एक दिने कार्यशाला गोष्ठिमा सहभागीहरुले नैतिक शिक्षा र नेतृत्व विकासको नयाँ अवधारणा र रुपान्तरको आवश्यकताबारे प्रकाश पारेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले जीवनमा शिक्षाको ठूलो महत्व रहेकाले विद्यार्थीहरुमा पो्रत्साहन र क्षमता पहिचान गरी व्यवहारिक सिकाइमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अबको शिक्षा व्यवहारिक बनाउँन शिक्षक र अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी शिक्षाविद प्र.डा विद्यानाथ कोइरालाले समयानुकुल प्रविधिमैत्री सिकाईमा ध्यान दिए व्यवहारिक शिक्षा हुने र चरित्र र नैतिक शिक्षालाई विद्यालयबाटै अध्यापन गराउँदै लानुपर्नेमा जोड दिनुभयो । यसैगरी शिक्षक संघका पुर्व अध्यक्ष मोहन ज्ञवालीले प्रजातनत्र वहाली पछि नेपालमा शिक्षा क्षेत्रमा भौतिक विकास भएपनि गुणात्मक शिक्षाको विकास हुन नसकेकोले संख्यामा भन्दा शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने औंल्याउनु भयो । शिक्षकहरु उत्साह र उमंगका साथ कक्षाकोठामा जाने वातावरण सिर्जना हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । यस्तै अर्का वक्ता शिक्षिका निर्मला कोइरालाले नैतिकवान नागरिक निर्माण गर्न शिक्षक र अभिभावकले नैतिक शिक्षाको व्यवहारिक अभ्यास गराउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै प्रेमनारायण भुषालले शिक्षकहरुबाटै नैतिक शिक्षाको व्यवहारिक प्रदर्शन गर्न सके विद्यार्थीहरुले त्यसलाई अनुकरण गर्ने तथा विद्यार्थीको क्षमता पहिचान गरेर अभिप्रेरित गर्ने किसिमले अध्यापन गराउनुपर्ने विचार राख्नुभयो । कार्यक्रमका सभापति एवं च्यालेन्ज फर चेन्जका अध्यक्ष रामहरि गिरीले शिक्षक, अभिभावकहरुले नैतिक शिक्षाको पाठलाई व्यवहारमा उतार्नसक्नुपर्नेमा जोड दिनुभयो । नैतिक शिक्षाले नै आजको विद्यार्थी भोलीको नैतिकवान नागरिक र एउटा सक्षम नेतृत्व क्षमता निर्माण हुनसक्ने भएकाले यसको शुरुवात र प्रयासस्वरुप कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *