राष्ट्रपतिबाट संविधान उल्लंघन भयो :पूर्वराष्ट्रपति यादव

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्।

जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई(दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्।

प्रधानमन्त्रीबाट दुईदुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्र्याकमा आएको भन्दै उनले भने, ‘अहिले दुबै सदनबाट पास भएर आएको थियो विधेयक। त्यसलाई सम्मानीय राष्ट्रपतिज्यूले यो संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो तर उहाँले संविधानको उल्लंघनकै काम गर्नु भएको छ।’

फेरि एक पटक संविधानको उल्लंघन भएकाले सबै नेपाली सजग नभए ढिलो हुने पूर्वराष्ट्रपति यादवको भनाइ छ।

‘सम्माननीय राष्ट्रपतिज्यूले एकपटक विधेयक फिर्ता गर्न सक्छिन्, दोस्रो पटक उनले विभिन्न व्यक्तिसँग कानुनका जानकारसँग छलफल गरेर प्रमाणीकरण गर्नुपर्ने थियो। तर, उहाँले यसो गर्नु भएन। यसले संविधानमा फेरि एक पटक कालो बादल मडराएको छ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *