सयभन्दा कम सिट स्वीकार हुँदैन : डा. शेखर कोइराला

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सय सिट लिन पहल गर्नुपर्ने बताएका छन्। उनले बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक सयभन्दा कम सिट आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।

सत्ता गठबन्धन यतिबेला सिट बाँडफाँटकाे विषयमै रुमलिएकाे र यसलाई समयमै टुङ्ग्याउनुपर्नेमा जाेड दिँदै उनले यस्ताे कुरा बताए। गठबन्धनकाे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बस्दै छ। बिहान नौ बजे बस्नेगरी बोलाइएको साे बैठक पछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेकाे स्राेतकाे दाबी छ। प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरूले सिट बाँडफाँट टुङ्ग्याउन निरन्तर बैठक बस्दै आएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *