हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने : यादव

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट जसपालाई उचित स्थानसमेत दिनुपर्ने बताए । जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने उद्घाेष गर्दै त्यहीअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई यादवले निर्देशनसमेत दिए ।

सङ्घीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै यादवले मधेस र मधेसवासीको पहल कदमीका कारण मुलुकमा सङ्घीयता र गणतन्त्र आएको बताए । त्यसैले सङ्घीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उल्लेख गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *