भट्टराईको ‘दियो कलश’को भिडियो सार्वजनिक

Uncategorized मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो । गायन कौशल राम्रो भएकै कारण एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’को भिडियो गायिका भट्टराईको आफ्नै युटूव च्यानबाट सार्वजनिक भएको छ । रमेश परियारको शब्द, संगीत रहेको ‘दियो कलश’ गीतमा गायिका गीता भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली, अस्मिता रणपाल आदिको साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ । अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *