भारती इन्टरनेशनल म्युजिक अवार्ड सम्पन्नः दिपेन्द्र सोनामलाई उत्कृष्ट अवार्ड

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २१ बैशाख । कलाकार दिपेन्द्र सोनामले गायक रामकुमार नेपालीको आवाज रहेको लोक तथा दोहोरि गीत ‘मुटु चसकेर हो’ बोलको गीतबाट उत्कृष्ट अभिनयको अवार्ड हात पारेका छन् । हालै भारतको चण्डीगढमा सम्पन्न भारती इन्टरनेशनल म्युजिक अवार्डमा उत्कृष्ट अभिनयको अवार्ड मोडल, कलाकार दिपेन्द्र सोनामले पाएका हुन् । उनलाई चर्चित कलाकार गायक ईन्द्रेणीका संस्थापाक कृष्ण कँडेल, संचारकर्मी गीतकार कमल सरगम, लोकप्रिय गायिका पूर्णकला बिसीले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । कलाकार दिपेन्द्र सोनाम बहुप्रतिभाका धनि कलाकार हुन् । उनले अभिनय गरेका दर्जनौ गीतहरु चर्चामा रहेका छन् । अवार्ड प्राप्ति पश्चात मोडल कलाकार दिपेन्द्र सोनामले ‘मुटु चसकेर हो’ गीत तथा भिडियोका सम्पूर्ण सर्जकहरुलाई धन्यबाद दिदै उक्त गीतलाई टिकटक रिल लगायतका सामाजिक संजालमा अत्यधीक मन पराइरहेको बताए । उक्त अवार्ड प्रवासी साझा मञ्च भारतको आयोजनामा भएको भारती पिक्चरको पहिलो अवार्ड हो । अवार्ड कार्यक्रममा नेपालबाट गएका लोकप्रिय कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *