ओम शिवा बहुउद्देश्यीयको बाइसौं साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ओम शिवा बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कुपण्डोल ललितपुरमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष अशोक प्रसाद मल्लद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, वाँडफाँड तथा नगद प्रवाह विवरण, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७९/०८० को संशोधित वार्षिक कार्यक्रम, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा दायित्व तर्फ शेयर पूँजी २ करोड २१ लाख १ हजार २ सय रुपैयाँ, जगेडा तथा कोषहरु २ करोड २७ लाख २१ हजार १ सय ६९ रुपैयाँ ७६ पैसा, अन्य कोष १ लाख ६४ हजार ८ सय ५४ रुपैयाँ ५२ पैसा, अन्य व्यवस्था १ करोड ८० लाख ४५ हजार ३ सय ५ रुपैयाँ २३ पैसा, आयकर व्यवस्था १ करोड ४७ लाख २८ हजार ६ सय ४१ रुपैयाँ २३ पैसा, सापटी १० करोड ९९ लाख २० हजार रुपैयाँ, बचत २४ करोड ६९ लाख ८२ हजार ३ सय ८५ रुपैयाँ ७८ पैसा, चालु दायित्व ३७ लाख ५६ हजार २ सय ७२ रुपैयाँ ३० पैसा भएको छ । त्यसैगरि सम्पत्ति तथा जायजेथा तर्फ नगद मौज्दात ८ लाख ४६ हजार ३ सय ८३ रुपैयाँ ८२ पैसा, बैंक तथा वित्तिय मौज्दात १ करोड ६८ लाख ८७ हजार २ सय ९४ रुपैयाँ ३४ पैसा, लगानी १३ करोड ९२ लाख ४३ हजार ६ सय २ रुपैयाँ ७५ पैसा, कर्जा सापटी २२ करोड ९२ लाख ३६ हजार ८ सय ५६ रुपैयाँ २३ पैसा, चालु सम्पत्ति २ करोड ७० लाख २५ हजार ७ सय ९८ रुपैयाँ ९५ पैसा, स्थिर सम्पत्ति २ करोड ५१ लाख ७९ हजार ८ सय ९२ रुपैयाँ ७३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कुल कारोवार ४३ करोड ८४ लाख १९ हजार ८ सय २८ रुपैयाँ ८२ पैसाको भएको छ । साधारण सभाले संचालक समितिमा रिक्त रहेको पदपूर्ति गरेको छ भने समाजलाई विभिन्न क्षेत्रबाट योगदान दिने महानुभावहरुलाई सम्मान गरिनुका साथै संस्थाको कर्मचारीहरुलाई समेत सम्मान पुरस्कृति गरिएको थियो । साधारण सभा संस्थाका अध्यक्ष अशोक प्रसाद मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *