सेयर बजार १६ अंकले घट्यो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा पनि गिरावट आएको छ। आज सेयर बजार परिसूचक १६ अंकले घटेको हो ।

साताको पहिलो कारोबारमा सामान्य अंकले बढेको बजार त्यसपछि निरन्तर गिरावट देखिएको छ । आज बजार ०.८६ प्रतिशत अर्थात् १६.६१ अंकले घटेर १९१७.२८ अंकमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटीभ इन्डेक्स १.१७ प्रतिशतले घटेर ३७३.६४ मा झरेको छ।

 

बजार घटेपनि आज कारोबार रकममा बढोत्तरी भएको छ। अघिल्लो दिनको कारोबारमा ९६ अर्बमा रहेको बजारमा आज १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५०  रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर २० हजार ३१ पटकमा खरिद बिक्री भएको थियो ।

उप-सूचक समूहतर्फ आज होटेल एण्ड टुरिजम ०.३४ अंकले सामान्य बढ्दा बाँकी १२ समूहको सेयर मूल्य घटेको छ।

यस्तै बुधबार ३७ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेका छन् । खप्तड लघुवित्त, कुमारी धनवृद्धि योजना, ग्रीन भेन्चर, नेशनल माइक्रो फाइनान्स लघुवित्त, सानिमा लार्ज क्याप लगायतका कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *