मन्दिर जिर्णोद्धारका लागि श्रीमद्भागवत पुराण लगाइदै

प्रदेश ४
खवर पाटी (खोज खबरको अभियान)

तनहु । रिसिङ गाउँपालिका वडा नं ५ रुपटारमा अवस्थित करिव दुईसय वर्ष पुराना महादेव मन्दिर संरक्षण गर्ने उद्देश्यका साथ आगामि मंसीर ७ गते श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एकाहा लगाइने भएको छ । हरिबोधनी एकादशीको दिन पारेर मन्दीर परिसरमा एकदिने भागवत पाठ पारायण तथा यज्ञ गरिन लागेको रामहरि गिरीले जानकारी दिए । उक्त मन्दीर वि.सं १८९० मा श्री ३ पद्मानन्द गिरीले स्थापना गरेका थिए । पवित्र कालिगण्डकीको किनरमा रहेको उक्त मन्दीर तथा क्षेत्रमा विभिन्न चाडपर्वको अवसरमा ठूलो मेला लाग्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *