चाचरीको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीको स्वरमा रहेको गीत चाचरी सार्वजनिक भएको छ । चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफर रहेको गीतको भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडियोमा चेतबहादुरकै सम्पादन र कलर छ । गीतको भिडियो चेतबहादुर बुढाथोकीको अफिसियल युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चेतबहादुरका धेरै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् । आफ्ना अन्य गीतले जस्तै चाचरीले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *