घरपरिवारद्वारा बृहत् रक्तदान कार्यक्रम

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

भक्तपुर । भक्तपुरको सूर्यविनायक ४, दधिकोटमा अवस्थित घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिहारको यमपन्चक शुरु भएको काग तिहारको दिन बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मुलुकमा देखिएको रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न सकियोस् भन्ने ध्येयका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीकृष्ण विष्टले जानकारी दिए । सूर्यविनायक नगरपालिका-४ का अध्यक्ष लछुराम न्यौपाने र ३ का अध्यक्ष दीपेन्द्र केसीसहित ६४ जनाद्वारा रक्तदान गरिएको कार्यक्रममा उपस्थितहरुले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सामाजिक कामको खुलेरै प्रशम्सा गरेका थिए । स्मरणीय छ, सदस्यहरुको हितमा केन्द्रित कारोबार र सामाजिक उत्तरदायित्व बहनमा अग्रभावका कारण घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यविनायक नगरपालिकाकै उत्कृष्ट सहकारी बन्ने प्रयासमा रहेको बताइन्छ । बिहान ७ः३० बजेबाट ११ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको जानकारी घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव यादव सिलवालले दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *