नेपालको लगातार तेस्रो जित

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्यो

मलेक क्रिकेट ग्राउन्डमा १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउन आकाश त्रिपाठीले ६४ रन तथा उत्तम थापा मगरले ३९ रनको योगदान गरे । अर्जुन कुमालले १६ रन बनाए । हङकङका लागि ड्यानियल मोर्गानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै रन जोड्यो । हङकङका लागि पार्थ भागवतले ३६ रनको योगदान गरे । मोहमद अलियान जाहिरले २९ रन बनाए । नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवाश भण्डारीले २-२ विकेट विकेट हात पारे । दिपेश कंडेलले १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *