आठ दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन् । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन् ।‘अब तपाईंहरू सबै सर्वदलीय सरकारमा सहभागी हुनु पर्‍यो भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने ।

उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रिमण्डल गठन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *