काठमाडौं । हालै सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । खुशिबु काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, लेखा परिक्षकद्वारा तयार गरिएको आसाढ मसान्त २०७९ सम्मको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध, लाभांश स्वीकृत सम्बन्ध, आ.व.२०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा पूँजी तथा दायित्व तर्फ संस्थाको चुक्तापूँजी ३ करोड ९७ लाख ३० हजार ७ सय रुपैयाँ, जगेडा कोष ६ करोड ७४ लाख ५२ हजार ३ सय ८७ रुपैयाँ ९४ पैसा, निक्षेप ६५ करोड ३६ लाख ५५ हजार ३ सय ६२ रुपैयाँ ७५ पैसा, अन्य दायित्व १ करोड ८८ लाख ६२ हजार ५ सय ३ रुपैयाँ ८४ पैसाको भएको छ भने कूल पूँजी तथा दायित्व ७७ करोड ९७ लाख ९ सय ५४ रुपैयाँ ५३ पैसाको भएको छ । सम्पती तर्फबाट चालु आ.व. नगद तथा बैंक मौज्दातमा ४ करोड ३ लाख २५ हजार २३ रुपैयाँ १ पैसा, लगानी २० करोड ६ लाख ५४ हजार ३ सय ५८ रुपैयाँ २ पैसा, कर्जा ५२ करोड ३ लाख ४ हजार ५ सय ६९ रुपैयाँ ४६ पैसा, स्थायी सम्पती २३ लाख ६३ हजार २ सय ३६ रुपैयाँ २० पैसा, अन्य सम्पती १ करोड ६० लाख ६२ हजार ७ सय ६७ रुपैयाँ ८४ पैसाको भएको भएको छ । त्यसैगरी संस्थाले आगामी बजेट सम्बन्ध ८२ करोड ९२ लाख ३१ हजार ६ सय ४५ रुपैयाँ ४० पैसाको अनुमान गरेको छ । ३ सय ६५ दिन नै करोबार संचालन गर्दै आइरहेको सो को–अपरेटिभको अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा बाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।