मनिप्लान्ट सेभिङमा पुनः पराजुलीको नेतृत्व

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पेप्सीकोला काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष सुदर्शन प्रसाद पराजुलीबाट प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को योजना तथा वार्षिक बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश, निर्वाचन, अचल सम्पती खरिद बिक्री सम्बन्ध, संस्था एकीकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा दायित्व तर्फ शेयर पूँजी १० करोड ६६ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष ७ करोड ८४ लाख ६ हजार ४ सय ८ रुपैयाँ ४१ पैसा, कोष हिसाब ३ करोड ६२ लाख ७२ हजार २ सय ९७ रुपैयाँ ५१ पैसा, ऋण नोक्सानी व्यवस्था ५ करोड ११ लाख ४३ हजार ६ सय ९ रुपैयाँ १५ पैसा, बचत तथा निक्षेप ७६ करोड ४१ लाख २६ हजार ७ सय २१ रुपैयाँ ५४ पैसा, बाह्रय ऋण तथा सापटी २२ करोड ८ लाख ६१ हजार २ सय ३८ रुपैयाँ ५३ पैसा, चालु दायित्व तथा व्यवस्था १ करोड ३७ लाख ९ हजार ८ सय ७८ रुपैयाँ ३२ पैसा, कर दायित्व ६५ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ५३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार १ अर्ब २७ करोड २ लाख ८ हजार ८ सय ९३ रुपैयाँ १ पैसाको भएको छ । त्यसैगरि संस्थाको सम्पती तर्फबाट नगद मौज्दात ७७ लाख ४६ हजार ७ सय ३० रुपैयाँ ५६ पैसा, बैंक मौज्दात १२ करोड ४ लाख ६ हजार ७५ रुपैयाँ ३५ पैसा, लगानी हिसाब १ करोड २५ लाख ३२ हजार ४ सय रुपैयाँ, कर्जा तथा सापटी हिसाब १ अर्ब १२ करोड २७ लाख ९२ हजार १ सय ४७ रुपैयाँ ७७ पैसा, चालु सम्पती ३६ लाख ९६ हजार ५ सय ४० रुपैयाँ ६६ पैसा र स्थिर सम्पती ३० लाख ३४ हजार ९ सय ९८ रुपैयाँ ६७ पैसाको भएको छ । साथै साधारण सभाले पुनः सुदर्शन प्रसाद पराजुलीको नेतृत्वमा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *