राष्ट्रपतिद्धारा विभिन्न ६ विधेयक प्रमाणिकरण, नागरिकता विधेयक बाँकी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच विधेयक प्रमाणीकरण गरेकी छिन्। आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सोबारे जानकारी गराएको हो ।

संसद्को दुवै सदनले यसअघि प्रमाणीकरणका लागि पठाएको नागरिकता विद्येयक भने प्रमाणीकरण भएको छैन् । सो विद्येयक प्रमाणीकरणको लागि अब एक साताको समय छ । यसअघि भदौ २० गते सो विद्येयक प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पठाएको छ ।

राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेका विद्येयकमा तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *