नगर प्याब्सन गैंडाकोटको सूचना !!

खवर पाटी (खोज खबरको अभियान)

प्याब्सन केन्द्रिय कमिटीद्वारा जारी बिज्ञप्ती प्रती नगर प्याब्सन गैडाकोटको ध्यानाकर्षण भएको छ। बिद्यमान समयमा केन्द्रिय प्याब्सनको निर्देशनलाई कार्यन्वयन गर्न सकिने अबस्था नरहेको हुदा विद्यार्थी भर्ना कार्यक्र्म सम्बन्धी गतिबिधि तत्काललाई रोक्नहुन अनुरोध गरिन्छ। तर, भर्चुअल कक्षा सञ्चालन गर्ने बिषयमा प्राबिधिक एबं बिषय शिक्षकहरुलाई Social Distance को पालना गरी बिद्यालयको हाता भित्रैबाट यस्ता E learning का कक्षाहरु सञ्चालन गर्ने प्रकृया अगाडि बढाउन र बिद्यालय सञ्चालनको आवश्यक आन्तरिक तयारी मिलाउदै बिद्यालय र विद्यार्थी बिच शैक्षिक समन्वय गर्न पर्ने आवश्यक ब्यबस्था जारी राख्न आग्रह गरिन्छ। कतिपय बिद्यालयहरु यतिखेर करेन्टाइँनका रुपमा रुपान्तरण भएको अबस्थामा विद्यार्थीहरु भर्ना गर्ने कार्यक्रम असामाजिक, अब्यबहारिक, कार्य भित्र पर्ने भएकोले बिद्यालयहरु खोल्ने, खुलाउने कुरा नगर्न नगराउन हुन र बिद्यालय खोल्ने बिषयमा नेपाल सरकार शिक्षा मन्त्रालयको अर्को सूचना प्राप्त नहुदा सम्म बिद्यार्थी भर्ना र औपचारिक रुपले कक्षा सञ्चालन नगर्न नगराउन हुन यो सुचना द्वारा सम्बन्धित सबै नगर क्षेत्रका सस्थागत बिद्यालयहरु संबेदनशिल हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।। धन्यबाद !

अध्यक्ष गैंडाकोट नगर प्याब्सन, नवलपुर।

के जी न्यौपाने

Facebook Comments Box