धिमाल जातीको सांस्कृतिक प्रदर्शनी सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह आयोजक तथा मोरङको उर्लाबारी ३ मा अवस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा प्रदर्शन भएको हो । धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान गरेको तथा गर्दैआएको संस्कृति विद र कलाकारलाई सम्मान गरिएको थियो जसमा कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल रहेका थिए ।

व्यवस्थापनमा धिमाल समुदायको परम्परागत पुख्र्यौली जान्मदेखि मृत्युु सम्म गरिने सांस्कृतिक प्रदर्शनी कार्यक्रम भएको छ । धिमाल भाषा वा कला, संस्कारमा केही मात्रामा भिन्नता रहेको छ जे भएपनि हामी धिमाल जाति हौ र सम्बन्धित निकायले पनि यसको लेखाजोखा राख्नु पर्ने माइपारिका अग्रज संस्कृत विद चन्द्रकान्त धिमालले भनाइ राखेका थिए । जन्म, विवाह र मृत्यु आफ्नै जातीय परम्परा र विधि अनुसार हुने गर्दथ्यो हालको समय सम्म आइपुग्दा हराउदै गएको अवस्था छ । जातीय अश्तित्व नै हराउने अनुसन्धान विद कविन्द्र धिमाल बताउँछन् । हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफै जागरुक हुन आवश्यक, बाह्य मुखि भएमा पहिचान हराउने उर्लाबारी नगरपालिकाका उप प्रमुख मिना खतिवडाले बताउदै उर्लाबारी नगरको पहिलो जाति भएकोले नगरले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका उपप्रमुख मिना खतिवडा, विशिष्ट अतिथिमा सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष भिष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्र केन्द्रीय अध्यक्ष अम्बर बहादुर धिमाल र अतिथिमा नेपाल चलचित्र महासंघका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दिलिप सगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह(अध्यक्ष केदार धिमाल, उर्नि तुन्जाइ सांस्कृतिक मन्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह(अध्यक्ष कविन्द्र धिमाल र बरिस्ठ कलाकार तुन्जाइ सांस्कृतिक मन्चका भुपु अध्यक्ष हरि धिमाल लगायत रहेका थिए भने कार्यक्रम भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डाक्टर किराँतीको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *