चीनिया राष्ट्रपति सी जिनपिङ नजरबन्दमा राखिएको अपुष्ट समाचारको चर्चा

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

चीनका राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्दमा राखिएको भन्ने अड्कलबाजीले इन्टरनेटमा चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा भएका धेरै पोस्टका अनुसार सी जिनपिङलाई चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) को प्रमुख पदबाट हटाएर घरमै नजरबन्द गरिएको छ।

अहिले सम्म देशको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी वा राज्य मिडियाले आधिकारिक पुष्टि गरेको छैन् । धेरै ट्विटर प्रयोगकर्ताहरूले आज सीको कथित घरमा नजरबन्दको बारेमा पोस्ट गरे। कसै कसैले यो सैन्य विद्रोह र राजधानी बेइजिङतर्फ अघि बढ्न थालेका पीएलए गाडीहरू भएको दाबी पनि गरे।

सी चिनफिङले हालै उज्वेकिस्तानमा भएको शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएका थिए जहाँ उनले अन्य धेरै राष्ट्र प्रमुखहरूसँग वार्ता गरेका थिए। उनले सन् २०२० मा भारत र चीनबीचको सम्बन्ध बिग्रिएपछि पहिलो पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आमनेसामने गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *