सरकार राजधानीको फोहोर कहिले उठाउने ?

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

प्रेमबहादुर कार्की

कही हप्तादेखि राजधानी काठमाडौं उपत्यका सडकहरुमा फोहोर थुप्रिंदै गएको छ । यत्रतत्र थुप्रिएका फोहोरले सडक दुर्घन्धित बनेको छ । स्थानीय निर्वाचन भइरहँदा सडकमा भने फोहोर थप्रिएर महानगरको समस्यालाई जिस्काइरहेको जस्तो देखिन्छ । हप्तौंदेखि राजधानीको फोहोर उठेको छैन, तर त्यसैलाई कुल्चेर भोट माग्न जुलुसका साथ नेताहरु हिंडेका थिए । अहिले निर्वाचनको अन्तिम परिणामहरु सार्वजनिक भइरहेका छन् । स्थानीय सरकारको निर्वाचनको मिति नजिकिएसँंगै राजनीतिक माहौल तात्नु र नेता–कार्यकर्ता सडकमा निस्कुनु स्वाभाविकै हो । एकले अर्को प्रत्याशीलाई तुच्छ शब्दमा गाली गर्ने श्रृंखलाले निरन्तरता पाउनु भने स्वाभाविक थिएन ।

आफ्नो स्थानीय निकायलाई दीर्घकालीन रुपमा कस्तो बनाउने भन्नेमा नै अलमलमा रहेका नेताहरु अनेकन सपना देखाएर मत आफ्नो पक्षमा पार्न व्यस्त छन् । जनताले पनि हिजो जे भनिएको थियो त्यो किन भएन भनेर आवाज उठाउन सकेका छैनन् बरु मत माग्न आउनेलाई अबिर र माला लगाएर जीतको शुभकामना दिइरहेका छन् । तर राजधानीमा फोहोर व्यवस्थापन गम्भीर चुनौती बन्दै गइरहेको छ । जो आएपनि फोहोरको राजनीति कायम देखिन्छ तर फोहोर व्यवस्थापन उस्तै अलपत्र रहेको छ । जनतालाई भ्रममा पार्न सुन्दर सपना बाड्नसक्ने नेताले राजधानी उपत्यकामा फैलिएको दुर्गन्ध भने देखेका छैनन् । वर्षायाम शुरु भएसँंगै राजधानीका चोक चोकमा थुप्रिएको फोहोरले निर्वाचन प्रचारमा हिडेका नेता तथा कार्यकर्तालाई गिज्याएपनि उनीहरुका लागि त्यो चुनावी मुद्दा बनेको देखिंदैन । झण्डै दुई महिनादेखि राजधानीका चोक–चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन सकेको छैन । सरकार सञ्चालन गर्नेहरु चिर निन्द्रामा रहेका छन् भने स्थानीय निकायका प्रतिनिधिहरु कुम्भकर्णजस्तै निन्द्रामा छन् ।

राजधानीको फोहोर व्यवस्थापन हुँदैआएको बन्चरेडाँंडाका स्थानीयले उठाएका मागलाई सम्बोधन गर्नसमेत सरकारलाई फुर्सत नहुँदा आज राजधानीवासी दुर्गन्धित शहरमा बस्न बाध्यभएका छन् । वर्षासँंगै फैलने दुर्गन्धले पार्ने असरका बारेमा समेत सरकार अझै सचेत हुन नसक्नु मुलुककै लागि दुर्भाग्य हुंँदैगएको छ ।हिजो जनताको घरदैलो र जनताका समस्यालाई नजरअन्दाज गर्दैआएका उम्मेदवारहरु आज खेत खन्न जाने, भैंसी दुहुनेजस्ता नौटंकी काममा लाग्नुभन्दा जनताका तमाम समस्या समाधानतर्फ अग्रसर भइदिए जनताले राहत पाउने थिए । दल र नेताहरुको ध्यान यसतर्फ जाओस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *