प्रमथ बैकुण्ठ मानन्धर अन्तर माध्यामिक विद्यालय दौड प्रतियोगिता असोज १ गते हुने

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामि असोज १ गते प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यामिक विद्यालय दौड प्रतियोगिता हुने भएको छ । ५ किलोमिटर दुरी तय गरिएको उक्त प्रतियोगिता बैकुण्ठ मानन्धर खेलकुद नेपाल र शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघको संयुक्त आयोजनामा हुन लागेको सोमबार आयोजित एक कार्यक्रम माझ जानकारी दिइयो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु हुने दौड प्रतियोगितामा विजयी हुने पुरुष तथा महिला दुवै समुहका प्रथम, दोस्रो तथा तेस्रो ह्ुने खेलाडिहरुलाई क्रमश १०, ७ र ५ हजार नगद तथा पदक र प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । किर्तिमानी धावक बैकुण्ठ मानन्धर अध्ययन गरेको विद्यालय शान्ति निकुञ्ज माध्यामिक विद्यालयका पूर्व विद्यार्थी संघ स्थापना भएको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *