निलम्बित प्रधानन्यायाधीशको बयान सकियो

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समितिमा बयान सकिएको छ। मंगलबार जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै उनको बयान सकिएको हो।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो। समितिले यसै महिनाको अन्त्यमा अध्ययन प्रतिवेदन सदनमा पेश गर्ने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए।

जबरालाई पूरक प्रश्नका लागि भने बोलाइने छ। जबरासँग गत भदौ १५ गतेदेखि बयान लिन सुरु गरिएकोमा मंगलबार आज बयान सकिएको हो। समितिलाई आवश्यक परे भोलि वा पर्सि पूरक प्रश्न सोध्ने तयारी गरेको छ।

साथै राणाले बयानका क्रममा नाम लिएका व्यक्तिलाई समितिले छलफलका लागि बोलाउने विषय पनि समितिमा उठेको छ। बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको दाबी गरिरहेका छन्।

प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुनै लाग्दा प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणामाथिको छानबिन प्रतिवेदन भदौ मसान्तसम्म बुझाउन लागेको हो।

प्रधानन्यायाधीश राणाविरूद्ध २०७८ फागुन २१ गते सत्तारुढ गठबन्धनका ९७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।

राणाविरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर, त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महाभियोग सिफारिस समितिमा पठाएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *