कतार । नेपाली मुस्लिम समाज कतारद्वारा बृहत छलफल जुन ५ एवं २३ जेष्ठमा जुम भिडियो कल कन्फ्रेन्स गर्दैछ । नेपाल सरकारको सघिय बजेटलाइ लिएर मुस्लिम समाजको ध्यानकर्षण रहेको भन्दै नेपाली मुस्लिम समाज कतारले पुर्ब प्रधानमन्त्री, प्रतिनिधिसभा सदस्य तथा जसपाका सघिय अध्यक्ष डा. बाबुराम भट्टराइ प्रमुख बक्ताको रुपमा रहेका छन भने बहसमा मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारि, पुर्ब राज्यमन्त्री जाकिर हुसेन, बृटिस दुतबासका पुर्ब सल्लाहकार सत्तार अन्सारि, गैर आवसिय सघ का आइ सिसि सदस्य यासमिन बेगम शैयद र नेपाली मुस्लिम समाज युएइका अध्यक्ष शाहनवाज अख्तर सहितको उपस्तिथिमा ग्रुप कन्फ्रेन्स गर्न लागेको नेपाली मुस्लिम कतार को अध्यक्ष इन्जिनियर मोहम्मद अयुब हक ले बताएका छन ।
पछिल्लो समय बजेट घोषणा ले मुस्लिम समुदाय लाइ सधै उपेक्षित गरिएको हुनाले राज्यले संबिधान अनरुप न्याय नगरेको हुनाले आफुहरुले यो बहस राख्न परेको अध्यक्ष इन्जिनियर मोहम्मद अयुब हकले जनाएका छन । ५ जुन मा हुने कन्फ्रेन्स कतारि समय दिउसो ३ बजे देखि ५:३० बजे सम्म हुने नेपाली मुस्लिम समाज कतारले जनाएको छ ।
नेपाली मुस्लिम समाज कतारको स्थपना सन २००९ मा स्थपना भएतापनि यस सस्थाले प्रबासि नेपाली मजदुरहरु र नेपालमा रहेका बिभिन्न बिपन्न समुदायलाइ सहयोग गर्दै आएको सस्थाको रुपमा काम गरिरहेको र कतारमा स्थापित सस्था मध्य सामाजिक सहयोगमा अग्रसर हुने सस्थाका रुपमा यो सस्था रहेको छ ।