बागमती प्रदेश सभा सदस्यको लागि ललितपुर-२ (क) बाट रिजालको उम्मेदवारी

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । आगामी संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि स्थापित राजनैतिक दलहरूको तल्लो तहका सिफारिस हेर्दा परिवर्तनको संबाहक युवा पुस्तालाई उपेक्षा गरेको देखिन्छ। समाजमा राम्रो छवि भएका र जनता संग नजिक रहेर काम गरेकालाई भन्दा नि धन खर्च गर्न सक्ने ब्यक्तिलाई राजनैतिक दलले अगाडि सारेका छन्।

नेपालको निर्वाचनमा कम्तीमा निश्चित प्रतिशत मतदान हुनैपर्ने अनि कुल मतदानको निश्चित प्रतिशत मत बिजयी उम्मेदवारले पाउने पर्ने ब्यवस्था छैन।निर्वाचनको दिनमा मतदानमा उपस्थित भएर मतदान गर्नेहरुको मतबाट नै “पहिलो हुने निर्वाचित हुने” ब्यवस्थाले गर्दा दलहरूले राम्रो छवि भएका, बिश्वबिद्यालयमा उत्कृष्ट नम्वर ल्याएका, बिज्ञ ब्यक्ति भन्दा नि पार्टीलाई मोटो रकम चन्दा दिने हैसियत राख्ने, समाजमा धाकधम्की र रबाफ देखाएर आर्थिक चलखेल गर्न सक्ने, बुथ कब्जा गर्न सक्ने खुबी भएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिएको देखिन्छ।

गत स्थानीय चुनाव पश्चात् जिम्मेवार राजनैतिक दलको जिम्मेवार नेताले नै चुनाव आर्थिक रूपमा निकै महंगो हुँदै गएको कुरा सार्बजनिक अभिव्यक्ति वाट स्वीकार गरेका छन् भने निर्वाचन आयोगले जारी गर्ने ”उम्मेदवारले खर्च गर्न पाउने सीमा” औपचारिकता मात्रै भएको पुष्टि हुँदैछ। चुनावको समयमा हुने यस्तो विषम परिस्थिति बुझ्दाबुझ्दै पनि ललितपुर क्षेत्र नं २ (क) प्रदेशको लागि गंगा राम रिजालले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। बहुदलीय ब्यवस्था आएदेखी पालैपालो नेतृत्व गरेकाहरुले राजनैतिक दलमा आबद्ध युवाहरूलाई अवसर र हौसला दिनुको साटो अब फेरि पनि आफैं निर्वाचित हुनको लागि साँठगांठ गरेको देखेर गरीखाने जनता निराश र वाक्क भएका छन् भने युवाहरू पनि राजनीति देखि बिरक्तिएर No Vote अनि Right to Reject भन्ने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा आफ्नो उम्मेदवारीले युवाहरूलाई जिम्मेवारीबोध गराउन, परिवर्तनको लागि एकजुट हुन र नेतृत्व लिन आँट दिलाउन सकिन्छ भन्ने बिश्वास आफुले लिएको रिजालले बताए। यो पटक चल्तीका दलको उही नेता दोहोर्याउने पक्षमा यस प्रदेश सभा क्षेत्रको मतदाताहरु नरहेको कुरा आफूले पाएको हुँदा जीत हासिल गर्न सकिन्छ भन्ने बिश्वास लिएको रिजालले सुनाए। यस क्षेत्रमा कांग्रेस सहितको सत्ता गठबन्धन, एमाले सहितको प्रतिपक्षी गठबन्धन तथा स्वतन्त्र उम्मेदवार गंगा राम रिजाल बिच कसले बाजि मार्छ भन्ने कुरा अहिल्यै भन्न नसकिने भएपनि प्रतिस्पर्धा भने निकै रोचक हुने निश्चित छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *