१५ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार: तीन जना पक्राउ, एक फरार

प्रदेश ७ मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

धनगढी — कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार रहेका छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो । बलात्कार भएको सम्बन्धमा पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा ती जनालाई पक्राउ गरेको छ । एक जना भने फरार छन् ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पीडित किशोरीका अनुसार उनी सुख्खडमा आयोजित गौरा पर्वमा मनाइएको देउडा हेर्न गएकी थिइन् । त्यसै क्रममा उनलाई काम छ भन्दै फकाएर युवकहरूको समूहले बलात्कार गरेको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *