नागरिकता पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ: गृहमन्त्री लामिछाने

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने दाबी गरेका छन्। सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने बताएका हुन्। लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकैपटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिहेका छन्।

अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका हुन्। पदभार ग्रहण गर्दै उनले भने, ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन।’

उनले जनताका लागि गृहमन्त्रालयमा बसेर बढी काम गर्न सकिने भएकाले आफूले यसलाई रोजेको दाबी गरे। तपाईंले किन गृहमन्त्री नै रोज्नुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘ मैंले सञ्चारकर्मीका रुपमा काम गर्दा सबैभन्दा बढी समस्या गृहमा देखेको थिएँ। यहाँबाट जनताका लागि बढी काम गर्न सकिन्छ। योगदान गर्न सकिन्छ, भनेर यहाँ आएको हुँ।’ उनले आफ्नो कार्यकालमा देशको शान्ति सुव्यवस्था मजबुत पार्ने र संगठनको मनोबल उच्च राख्ने प्रतिबद्धता जनाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *